Logo

रिचार्जर र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच इकमर्श सम्झौता, भ्रमण वर्ष प्रर्वद्धन गर्ने

रिचार्जर र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच इकमर्श सम्झौता, भ्रमण वर्ष प्रर्वद्धन गर्ने



काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई प्रर्वद्धन गर्ने सन्दर्भमा मोबाइल एप रिचार्जर र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयकाबीचमा सम्झौता भएको छ ।

laxmi

एउटै प्लेटफर्मबाट विभिन्न किसिमका सेवा दिँदै आएको रिचार्जरलाई नेपाल भ्रमण वर्ष २०२० को इकमर्श पार्टनर बनाउने सन्दर्भमा सम्झौता भएको हो । सम्झौता पत्रमा रिचार्जरका तर्फबाट ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडर तथा नेपाल भ्रमण वर्ष २०२० सचिवालय सदस्य बच्चुनारायण श्रेष्ठले सम्झौता गरेका छन् ।

सम्झौता अनुसार रिचार्जरले आफ्नो व्यवसायिक अभियानका दौरान भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने किसिमका प्रवद्र्धनात्मक अभियान सञ्चालन गर्नेछ । भ्रमण वर्षलाई प्रवर्दन गर्ने योजना समेट्दै रिचार्जरले विभिन्न किसिमका अफर तथा इभेण्टहरुको आयोजना गर्नेछ । यसका लागि भ्रमण वर्ष सचिवालयले आवश्यक सहकार्य गर्नेछ । सम्झौतासँगै रिचार्जरले सचिवालयसँगको सहकार्यमा रिचार्जर बिग सेल २०२० को सुरुवात गर्दैछ । सोमबार साँझ पर्यटनमन्त्री योगेश भट्टराईले एक कार्यक्रमका बिच उक्त अभियानको सुरुवात गर्दैछन् ।

अहिले डाउनलोड गर्नुस, समय र पैसाको बचत गर्नुस् भन्ने नारा सहित रिचार्जरले दैनिक प्रयोगमा आउने सेवाहरु एकैस्थानमा उपलब्ध गराउँदै आएको छ । रिचार्जरले जतिको मोबाइल रिचार्ज गर्यो त्यत्ति नै क्यास प्वाइन्ट दिँदै आएको छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जर बाट सामान खरिद गर्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।

सेवा र किनमेलका लागि उपयोगी रिचार्जरमा ७० प्रतिशतसम्मको छुटमा सामानहरु किन्न सकिन्छ । त्यसै गरी विभिन्न बैंकहरुसँगको सहकार्यमा शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा ग्याजेट, ईलोक्ट्रोनिक्स, टुर प्याकेज, फर्निचर लगायतका घरायसी उपयोगका सामानहरु पनि किन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL