काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उत्साह छाएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढावसहित उकालो लागेको नेप्से परिसुचक अन्तिम समयमा २६.५३ अंकले बढ्दै २६ सय २२ को विन्दुमा उक्लेर रोकिएको हो ।
आज कुल ३ सय २८ कम्पनीका १ करोड ६६ लाख बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब १२ करोड १७ लाख ३६ हजार बढी पुगेको छ ।
आज कारोबारमा आएकामध्ये ६३ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा १ सय ८५ कम्पनीको सेयरमुल्यमा वृद्धि देखिएको छ । आज उत्पादनमुलकबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् ।