Logo

निर्माण व्यवसायीले उद्धारकोषमा दिए १ करोड, पुनर्निर्माणमा प्राथमिकता दिन आग्रह

निर्माण व्यवसायीले उद्धारकोषमा दिए १ करोड, पुनर्निर्माणमा प्राथमिकता दिन आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१ असार, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री दैबी प्रकोप उद्दार कोषमा १ करोड रुपैयाँ जम्मा गरेको छ । महासंघले आज विहान प्रधानमन्त्री निवास वालुवाटरमा गएर प्रधानमन्त्री सुशील कोइरालालाई सो रकम बरावरको चेक हस्तान्तरण गरेको हो ।

चेक हस्तान्तरण कार्यक्रममा महासंघका अध्यक्ष शरद गौचनले भुकम्पबाट भत्किएका भवन निर्माणमा नेपाली निर्माण व्यवसायीलाई प्राथमिकता दिन आग्रह गरेका थिए । ‘पछिल्ला समय नेपाली निर्माण व्यवसायी पनि सक्षम भएका छन्,’ चेक हस्तान्तरण कार्यक्रममा उनले भने, ‘नेपालको सम्पूर्ण पुनर्निर्माण कार्य नेपाली व्यवसायीले नै गर्न सक्नेछन् ।’

देशमा लामो समयपछि यति ठूलो प्राकृतिक विपत्ति आइपरेको भन्दै सरकार चुप लागेर नवस्ने प्रधानमन्त्री कोइरालाले जानकारी दिए ।

कार्यक्रममा अर्थमन्त्री डा.रामशरण महतले निर्माण व्यवसायीहरुलाई व्यवसायिक दक्षता वृद्धि गर्न सल्लाह दिँदै सरकार व्यवसायीलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए  ।  व्यवसायीहरुकै पक्षमा हुने गरी सरकारले सार्वजनिक खरीद ऐन अध्यादेश मार्फत संसोधन गरेको जानकारी दिँदै  महतले व्यवासायीहरु सँगै सबै नेपाली मिलेर दिरात निर्माणकार्यमा जुट्ने बेला आएको बताए ।

नेपाल निर्माण व्यवसायी महासंघले यस अघि नै  जिल्ला संघहरु, बस्तुगत संघ र निर्माण व्यवसायीहरुबाट  प्राप्त करीब  ८२ लाख ८३ हजार ६ सय ९१ रुपैया बराबरको सहयोग राहत वितरण, पुर्नस्थापना तथा पुर्ननिर्माणका लागि  सरोकारावलालाई उपलब्ध गराएको थियो । यसैगरी, उद्धार कार्यमा विभिन्न मेसिन, औजार तथा उपकरणहरु गरी करीब ३४ लाख ६६ हजार रुपैया बराबरको प्रत्यक्ष सहयोग पनि महासंघले जानकारी दिएको । विभिन्न राजनीतिक दलको आग्रहमा स्वयम सेवक परिचालनका लागि आवश्यक सामग्री खरिद गर्न रु ६ लाख २५ हजार सम्बन्धित दलका सभापति तथा अध्यक्षहरुलाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL