Logo

विज्ञापन संघको २५ औं वर्ष, क्लिन फिड नीति ल्याईंदै

विज्ञापन संघको २५ औं वर्ष, क्लिन फिड नीति ल्याईंदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३१ जेठ, काठमाडौं । सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले नेपालले लोकतन्त्र र खुल्ला अर्थतन्त्रमा विज्ञापनको ठुलो महत्व रहेको बताए । ‘अर्थतन्त्रले ठुलो फडको मार्नुमा विज्ञापनको पनि योगदान रहेको छ,’ नेपाल विज्ञापन संघ(आन)को रजतजयन्ती समारोहमा उनले भने । दस वर्षे जनयुद्व र संविधान निर्माणमा अर्को दस वर्षलाई यो राष्ट्रले खेर पठाएको र अहिले पनि विनाशकारी भूकम्पले मुलुकमा संकट आएकोमा सवै मिलेर राष्ट्र पुनर्निमार्णमा लाग्नु पर्ने उनको भनाइ थियो ।

Silver Jubilee-ann

 

यसैगरी नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले अहिलेको अवस्थामा विज्ञापनको ऐन, नीति नियम नभएको र छिट्टै आउने क्रममा रहेको जानकारी दिनए । विशेषगरी विदेशी शशुल्क टेलिभिजन च्यानलवाट प्रशारण भैरहेको विज्ञापनलाई नियमन गर्न क्लिन फिडका सन्दर्भमा पनि सरकार गम्भीर रहेको कुरा जानकारी दिए ।

आनका अध्यक्ष सन्तोष श्रेष्ठले नेपाली विज्ञापन व्यवसायका समस्याहरु, क्लिन फिड नीतिको आवश्यकता, पाँच बुंदे सहमतिको अनिवार्यताबारे आफ्नो भनाइ राखेका थिए । नेपाल विज्ञापन संघका अध्यक्ष सन्तोष श्रेष्ठको सभापतित्वमा भएको रजत जयन्ति समारोहमा नेपाल विज्ञापन संघका पुर्व अध्यक्षहरु वंशीधर पौडेल, मित्रसेन दाहाल, सुरेशलाल श्रेष्ठ, माधवराज तिमल्सिना्, भाष्करराज राजकर्णिकार, निर्मलराज पौडेल, राजकुमार भट्टराइलाई सम्मान गरिएको थियो ।

साथै, आनले विनाशकारी भूकम्पका कारण नेपाल विज्ञापन संघका सदस्य एजेन्सि दिना एडभर्टाइजिंगका संचालक दिनेश मुलको स्वर्गारोहण भएकोमा परिवारलाई पनि आर्थिक सहयोग प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्