Logo

खाडी मुलुक र मलेसिया जान शुल्क नलाग्ने , अन्यमा पनि निःशुल्क गरिने

खाडी मुलुक र मलेसिया जान शुल्क नलाग्ने , अन्यमा पनि निःशुल्क गरिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

३० जेठ,काठमाडौं । म्यानपावर कम्पनीले खाडीका ६ देश तथा मलेसियामा कामदार पठाउँदा हवाई टिकट र प्रवेशाज्ञाबापतको शुल्क लिन नपाउने भएका छन् । सरकारले कतार, बहराइन, साउदीअरब, संयुक्त अरब इमिरेट्स (दुबई), ओमन, कुबेत र मलेसियामा रोजगारीका लागि जाने कामदारसँग म्यानपावरले शुल्क लिन नपाउने व्यवस्था गरेको हो ।

नयाँ व्यवस्थापछि वैदेशिक रोजगारीमा जाने कामदारले आवधिक जीवन बिमा, अभिुमखीकरण तालिम, स्वास्थ्य परीक्षण शुल्क र कल्याणकारी कोषको शुल्कमात्रै बुझाए पुग्नेछ ।
म्यानपावरकम्पनीले कामदार माग गर्ने विदेशको संस्थाले सेवा शुल्क नदिएको अवस्थामा मात्र १० हजारसम्म सेवा शुल्क लिन पाउने छन् ।

श्रम तथा रोजगार मन्त्रालयका राज्यमन्त्री टेकबहादुर गुरुङले कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयमा यससम्बन्धी प्रस्ताव पठाएको जानकारी दिए । राज्यमन्त्री गुरुङले अहिले घोषणा गरिएका सात मुलुकबाहेक अन्यमा पनि निःशुल्क गर्दै लैजाने सरकारको तयारी रहेको समेत बताए।

सो प्रस्ताव कानुन मन्त्रालयबाट एक हप्ताभित्रै स्वीकृत भएर आउने तथा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेको पाँच दिनपछि यो व्यवस्था लागू हुने जानकारी दिए ।
यस्तो व्यवस्थापछी विदेशमा उनीहरुको माग कम हुने नभइ झनै बढ्ने गुरुङले दाबी गरे।

नयाँ व्यवस्थाअनुसार कामदार माग गर्ने विदेशी मुलुकको रोजगारदाताले नेपालमा अनुमति पाएको म्यानपावर कम्पनीलाई हवाई टिकट, सेवा शुल्कलगायतका लागि नेपालका बैंक खातामा रकम जम्मा गर्नु पर्नेछ।

नयाँ व्यवस्था बारे सम्बन्धित मुलुकका सरकार र व्यवसायीसँग छलफल गरेको छैन । सरकार पहिला निर्णय गरी सम्बन्धित मुलुकलाई पत्राचार गर्ने र पछि जानकारी दिन जाने तयारीमा छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL