Logo

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ अर्व ५५ करोड जम्मा, रकम आउने क्रम जारी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ अर्व ५५ करोड जम्मा, रकम आउने क्रम जारी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२५ जेठ,काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आइतवारसम्ममा रु.४ अर्व ५५ करोड ७६ लाख १४ हजार ९ सय ७९ जम्मा भएको छ ।

भूकम्पपीडितको सहयोगका लागि सञ्चालित सो कोषमा सहयोग रकम आउने क्रम जारी नै छ ।

स्वदेशी तथा विदेशी विभिन्न व्यावसायिक प्रतिष्ठान एवम् सङ्गठित संस्थाले आइतबार मात्र रू. १ करोड १५ लाख १९ हजार १ सय १६ जम्मा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL