Logo

मापदण्ड विपरितका क्षतीग्रस्त घर आफैले भत्काउनुपर्ने, पुनःनिर्माण गर्न नदिने

मापदण्ड विपरितका क्षतीग्रस्त घर आफैले भत्काउनुपर्ने, पुनःनिर्माण गर्न नदिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२३ जेठ,काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्रका मापदण्ड विपरितका क्षतिग्रस्त घरहरु घरधनी आफैले भत्काउनुपर्ने भएको छ । उपत्यका भित्र भूकम्पबाट बस्न नहुने गरी क्षति पुगेका त्यस्ता घर घरधनी आफैँले भत्काउनुपर्ने महानगरपालिकाले जानकरी दिएको छ ।  काठमाडौंमा  ५० हजारभन्दा बढी घर मापदण्ड विपरीत रहेको पाईएको छ ।

महानगरपालिकाले सुरक्षा निकायको सहयोगमा छिमेकीलाई असर पु¥याएका तथा  बाटो अवरुद्ध गरेका २ सय ओटा जोखिमयुक्त घरका भग्नावशेष हटाइसकेको छ । साथै  महानगरपालिकामा दुई हजारभन्दा बढी घरधनीले जोखिममा रहेका घर भत्काउन निवेदन दिएका छन् ।

यसैगरी आफ्नो घर सुरक्षित भए पनि छिमेकीको घरले असर पा¥यो र छिमेकीको घरमा राखेको सञ्चारका उपकरणले असर पा¥यो भन्नेजस्ता निवेदन पनि महानगरपालिकामा परेका छन् ।

मापदण्ड विपरीतका भवन ५० हजारभन्दा बढी पुग्ने देखिएको र ती भवन भत्काउन सरकारलाई ठूलो आर्थिक भार पर्ने देखिएको छ । यसैले  राज्य कोषबाट थप व्ययभार हुन नदिन र  कानूनको पालना गराउन मापदण्ड बाहिरका घर वा थप गरिएका तला घरधनी आफैँले भत्काउनुपर्ने सुझाव जोखिम मूल्याङ्कन समितिका संयोजकसमेत रहेका महानगरपालिकाका भौतिक विकास तथा निर्माण विभाग प्रमुख डा उत्तर रेग्मीले बताए ।

यसविचमा मापदण्ड विपरीत आफूखुसी घर बनाउने र भूकम्पले क्षति पु¥याएपछि महानगरपालिकाले सिफारिस दिएको भन्दै आफैं मर्मत गरेर ढाकछोप गर्ने काम पनि भएको बताइएको छ ।  त्यस्ता संरचना पुनःनिर्माण गर्न नदिन जिल्ला दैवी प्रकोप उद्धार समितिले निर्णय गरिसकेको उनले बताए ।

अंशबन्डामा पाएको जतिसुकै जमिनमा पनि घर बनाउन पाइने कानूनी व्यवस्थाले महानगरपालिकालाई समस्या पारेकाले  यो व्यवस्था हटाउनुपर्ने  विभागीय प्रमुख डा. रेग्मीले बताए । साथै क्षेत्रफलअनुसारको घर बनाउने तथा त्यसमाथि तला थप्ने नीतिलाई कडाइका साथ पालना गराउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL