Logo

तत्काल कन्टेनर निकाल्न व्यवसायीको आग्रह, चीनसँग पहल गरिदै : उद्योग सचिव

तत्काल कन्टेनर निकाल्न व्यवसायीको आग्रह, चीनसँग पहल गरिदै : उद्योग सचिव


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

२२ जेठ,काठमाडौं । तातोपानी भन्सार नाकामा   रोकिएको२ सय ५० कन्टेनर निकाल्न व्यवसायीहरुले सरकारसमक्ष पहल गरेका छन् । भन्सार कार्यालय पारी रहेको मितेरी पुलमा भुकम्पले असर पारेको भन्दै चाइनाले सो कन्टेनर रोकेको उनीहरुले जानकारी दिए ।
शुक्रवार उद्योग मन्त्रालयमा आयोजित एक कार्यक्रममा पुल सकुशल भएपनि कन्टेनर रोकिएको गुनासो गरेका हुन् ।

पुल विग्रेको भनिएपनि सो पुल हुँदै दैनिक राहतका सामग्री आइरहेको उनीहरु बताउँछन् । साथै सो नाकामा साना उद्योगका आवश्यक सामग्री भएको उनीहरुले बताए । प्रति कन्टेनर ५० लाख रुपैयाँ बराबरको सामग्री भएकोे व्यवसायीहरु बताउँछन् । अड्किएका कन्टेनरहरु निकाल्ल चीनसँग पहल गरिने उद्योग मन्त्रालयका सचिव जयमुकुन्द खनालले बताए ।

सो अवसरमा उनले भुकम्पको प्रभाव रहेको १४ जिल्लमा जस्तापाताको डिलर राख्न तथा जस्ताको स्टक बढाउन सम्वन्धित व्यवसायीसमक्ष अग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL