Logo

पुनर्निर्माणमा सहयोग गर्दै कतार, सहायता सम्मेलनमा ठूलो सहयोगको अपेक्षा

पुनर्निर्माणमा सहयोग गर्दै कतार, सहायता सम्मेलनमा ठूलो सहयोगको अपेक्षा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१५ जेकतारले पुनर्निर्माणका लागि नेपाललाई सहयोग गर्ने भएको छ । नेपालका लागि कतारका राजदूत अहमत जासिम अल हमारले अर्थमन्त्री डा. रामशरण महतसँगको भेटमा सो कुरा बताएका हुन् । साथै, उनले मध्यपूर्वका अन्य देशहरुबाट पनि पुनर्निर्माणका लागि नेपाललाई ठूलो सहयोग जुटाउन सकिने जानकारी गराएका छन् ।

भुकम्पमा परि भग्नावशेष भएका संरचना निर्माण सम्बन्धमा राजदूत हमारले अर्थमन्त्री महतलाई उनकै कार्यकक्षमा भेटी छलफल गरेका थिए । भेटघाटका अवसरमा अर्थमन्त्री डा महतले हालै गएको भूकम्पमा नेपालले ठूलो क्षति व्यहोर्नुपरेको बताउँदै यो विपद्को घडीमा अन्तर्राष्ट्रिय समुदायबाट सहयोग भैरहेको उल्लेख बताए ।

nepal-saudi
nepal-saudi

 

साथै, आगामी जुन २५ मा नेपाल सहायता सम्मेलन आयोजना गरिने र सो सम्मेलनमा कतारबाट सहयोगको अपेक्षा गरिएको स्पष्ट पारे । ‘नेपाललाई अन्तर्राष्ट्रिय समुदायको सहयोग जुटाउनका लागि सहायता सम्मेलन गर्न लागिएको हो,’ उनले भने, ‘आन्तरिक स्रोतबाट पनि कतिपय निर्माणहरु गरिनेछ । तर भूकम्पको क्षति भयावह भएकोले अन्तर्राष्ट्रिय समुदायबाट पनि सहयोग अपेक्षा गरिएको हो ।’ उनले कतिपय गाउँलाई नै स्थानान्तरण गर्नुपर्ने र यसका लागि ठूलो खर्च लाग्ने समेत जानकारी गराएका थिए ।

भूकम्पले नेपालको लाखौंको संख्यामा निजी घर तथा खर्बौं सम्पत्ति, हजारौं सरकारी कार्यालय, सयौ अस्पताल, दशौं हजार विद्यालय लगायत राष्ट्रिय अन्तर्राष्ट्रिय सम्पदाहरुमा ठूलो क्षति पु¥याएको छ । सरकारले तिनलाई छिटै पुनर्निर्माण गर्ने डा. महतले बताए । ‘ठूलो क्षति भएको छ,’ उनले भने, ‘अर्थतन्त्रमा यसको नकारात्मक प्रभाव पर्नेछ तर सरकार नकारात्मक प्रभावलाई न्यून गर्न क्रियाशील भएर लागिरहेको छ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL