Logo

कमलपोखरी पुनर्निर्माणका लागि शिलान्यास, १ बर्षमा सम्पन्न हुने, यस्तो हुनेछ डिजाईन

कमलपोखरी पुनर्निर्माणका लागि शिलान्यास, १ बर्षमा सम्पन्न हुने, यस्तो हुनेछ डिजाईन



काठमाडौं । बिहीबार काठमाडौंस्थित कमलपोखरी पुननिर्माणका लागि शिलान्यास भएको छ । महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी र वडाध्यक्ष भरतलाल श्रेष्ठले संयुक्त रुपमा कमलपोखरीको शिलान्यास गरेका हुन ।

laxmi

शिलान्यासपछि औपचारिक कार्यक्रममा बोल्दै संघीय संसद सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले पोखरी पुननिर्माणका लागि महानगरको नेतृत्व र लगानीप्रति प्रशंशा गर्दै नक्साल भगवतीदेखि नागपोखरीसम्म अघि सारिएको सम्पदा पुनस्र्थापनाको कार्यक्रममा पनि नेतृत्व लिन गरेका छन । उनले कमलपोखरीको बचावटमा स्थानीय योगदानमाथि चर्चा गर्दै समयमा निर्माण सम्पन्न हुनुमा ठेकेदारले कबोल गरेको लागत अनुमानभन्दा कम रकम चुनौती हुन सक्नेप्रति सचेत रहनु पर्ने खाँचो देखाएका छन ।

कार्यक्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले सम्पदा पुननिर्माणलाई पर्यटनसँग जोडेर दिगो व्यवस्थापनमा आफ्नो ध्यान गएको उल्लेख गरेका छन । यसप्रकारको काम सहभागिताबाट अघि बढ्ने काम हो । पोखरीलाई जीबन्त बनाउन छेउमा भएको प्रहरी कार्यालयलाई अर्को व्यवस्थित ठाउँमा सारिने मेयर शाक्यले जानकारी दिएका छन ।

पार्क पुननिर्माण गर्दा मोटा आकारका दर्जिन ढुङ्गाको प्रयोग हुनेछ । पोखरी पुननिर्माणका बिषयमा जानकारी दिँदै महानगरको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले — पानी पुनभरण व्यवस्था मिलाउन सिमेन्टको जडान नराखिने बताएका छन ।

९ करोड ४६ लाख ९९ हजार ५ सय २ रुपैयाँ ८१ पैसा लागत अनुमान गरिएको पोखरी पुननिर्माण तथा सौन्दर्यीकरणको काम धनञ्जय कंडेल जेभि रानीबारीले ६ करोड ३६ लाख ५९ हजार ६ सय ४ रुपैयाँ ६३ पैसा कबोल गरेर जिम्मा पाएको छ । ठेक्केदारलाई महानगरले असार ६ गते कार्यादेश दिएको हो । २०७७ असार १५ गतेभित्र निर्माणका सबै काम सक्नु पर्ने शर्तका आधारमा निर्माण पक्षले पार्क भित्र पोखरी वरिपरि ठूला—ठूला ढुंगाको छापिएको सिंढी बनाउनेछ ।

पार्क अपाङ्गमैत्री हुनेछ भने बीचमा पानीको फोहोर हुनेछ । पोखरीको चारै कुनामा कमल रोप्नका लागि साना—साना पोखरी बनाइनेछन् । आगन्तुकलाई बस्नका लागि चौताराहरु पनि निर्माण गरिनेछन् । पोखरीको पूर्वतर्फबाट ६० मिटरसम्म भित्र पानीतर्फ जान मिल्ने संरचना हुनेछ । वरिपरि बिजुली जडान गरेर झिलीमिली पारिनेछ । त्यहाँ खुल्ला व्यायाम गर्ने ठाउँ, व्याटमिन्टन र बास्केटबल खेल्ने ठाउँ हुनेछ । पूर्वतिर मुल गेट हुने पोखरी प्रवेश गर्न ३ वटा प्रवेश द्वार बनाइनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL