Logo

स्मार्टकार्ड लाईसेन्स छपाईमा बढ्यो अन्योलता, काममा ढिलाई गर्दै भारतीय कम्पनी मद्रास

स्मार्टकार्ड लाईसेन्स छपाईमा बढ्यो अन्योलता, काममा ढिलाई गर्दै भारतीय कम्पनी मद्रास



काठमाडौं । यातायात व्यवस्था विभागबाटमा छपाई हुने सवारी चालक अनुमति पत्र (स्मार्टकार्ड) छपाईमा थप अन्योलता बढेको छ । यातायात व्यवस्था विभागले २ महिनाअघि स्मार्ट कार्ड तथा कार्ड प्रिन्ट गर्ने मास प्रिन्टर उपलब्ध गराउनेगरी भारतीय कम्पनी मद्रास सेक्युरिटीसँग सम्झौता गरेपनि हालसम्म कुनै पनि काम अघि बढ्न सकेको छैन ।

विभागमा हाल ७ लाखभन्दा बढी सवारीचालक अनुमतिपत्र वितरण गर्न बाँकी छ । जुन मास प्रिन्टर आईसकेपछि मात्रै वितरण गर्न सकिनेछ । तर मास प्रिन्टर तथा स्मार्टकार्ड उपलब्ध गराउने गरी सम्भौता गरेको भारतीय कम्पनीले हालसम्म न मास प्रिन्टर उपलब्ध गराएको छ न त कार्ड नै ।

२०७६ बैशाखमा सम्झौता गरेपनि हालसम्म उपकरण उपलब्ध नगराउँदा स्मार्ट कार्ड लाईसेन्स छपाईमा पुनः अन्यौलता सिर्जना हुने देखिन्छ । पहिलो मिति ७५ दिनको र दोस्रो मिति १ सय २० दिनको हुने भएकाले सोही मिति अनुसार उपकरण तथा स्मार्ट कार्डहरु मद्रास सेक्युरिटीले उपललब्ध गराउन सक्ने विभागका निर्देशक तिर्थराज खनालले जानकारी दिए ।

तर विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने उक्त सम्झौता हुँदा ३ महिनाभित्र सबै सेवाग्राहीलाई स्मार्टकार्ड लाईसेन्स वितरण गर्दै ट्रायल दिएको १ हप्तामै लाईसेन्स उपलब्ध हुने व्यवस्था मिलाउने जानकारी दिएका थिए । बैशाख १६ गते भएको सम्झौता भोली अर्थात असार १६ गते २ महिना पुग्दैछ । तर विभागमा हालसम्म उपकरणहरु तथा कार्डहरु भारतीय कम्पनीले उपलब्ध गराउन सकेको छैन ।

विभागले बैशाख १६ गते १९ लाख ७० हजारमा मास प्रिन्टर र स्मार्टकार्ड उपलब्ध गराउने गरी भारतीय कम्पनी मद्रास सेक्युरिटसँग सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्