काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आगामी १० गते नेपाल बन्दको घोषणा गरेको छ । नेकपाले सर्लाहीस्थित जिल्ला ईन्चार्ज कुमार पौडेललाई निर्मम हत्या गरेको विरोधमा विभिन्न चरणबद्ध कार्यक्रम गर्दै १० गते बन्दको घोषणा गरेको हो ।
नेकपाले सर्लाही जिल्ला ईनचार्ज पौडेललाई सहिद घोषणा गर्दै ७ गते अर्थात शनिबार प्रचारप्रसार गर्ने, ८ गते कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुसँगै १० गते नेपाल बन्दको घोषणा गरेको छ ।
नेकपाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै प्रहरीको मुठभेडमा मारिएको भनिएको कुमार पौडेललाई गिरफ्तार गरेर निर्मम हत्या गरिएको आरोप लगाएको छ ।
