Logo

अमेरिकी सहयोग कार्यान्वयनमा ल्याउन किम नेपालमा, ऊर्जा र पूर्वाधारमा खर्च गरिने

अमेरिकी सहयोग कार्यान्वयनमा ल्याउन किम नेपालमा, ऊर्जा र पूर्वाधारमा खर्च गरिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

७ बैशाख, काठमाडौं । अमेरिकाले नेपाललाई मिलेनियम च्यालेन्ज अन्तरगत दिएको समयोग रकमलाई छिटो कार्यान्वयमा ल्याइने भएको छ । सो सहयोग रकमलाई तत्काल कार्यान्वयनमा ल्याउनका लागि बारे छलफल गर्न मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका प्रमुख उपाध्यक्ष किइथ किम नेलाल आएकी छिन् ।

नेपाल आएकी किम र अर्थमन्त्री डा रामशरण महतबीच आज अर्थमन्त्रालयमा भेट तथा छलफल भएको थियो । उक्त भेटमामा अमेरिकाले उपलब्ध गराउने कम्प्याक्ट प्रोग्रामलाई यथासक्दो छिटो कार्यान्यनमा बारे छलफल भएको थियो । गत डिसेम्बरमा अमेरिकाले नेपाललाई १० अर्ब देखि ६० अर्बं रुपैयाँसम्म सहयोग गर्ने घोषणा गरेको थियो । यही कार्यक्रमलाई कार्यान्वयन गर्नेबारे छलफल गर्न एमसीसीका प्रमुख उपाध्यक्ष किमसहितको एक टोली हालै नेपाल आएको छ । सरकारले उक्त सहयोगलाई कार्यान्वयन गर्नका लागि संयोजन गर्ने जिम्मा पूर्व सचिव कृष्ण ज्ञवालीलाई दिएको छ

compact-program

 

सो अवसरमा अर्थमन्त्री डा. महतले नेपाललाई अमेरिकाले उपलब्ध गराउने यस किसिमको सहयोगले विशेषगरी उर्जा प्रवद्र्धन र यातायात विकासका क्षेत्रमा ठूलो भूमिका हुने विश्वास व्यक्त गरे । ‘हाम्रो प्राथमिकता अहिले उर्जा र यातायातको विकास हो,’ उनले भने, ‘किनकि यी दुईको अभावमा अहिले उत्पादन लागत उल्लेख्य मात्रामा बढेको छ र उद्योगहरु अप्ठेरोमा परेका छन ।’ जसका कारण निर्यातमा समेत ठूलो ह्रास आएको उनको भनाइ थियो । सोही क्षेत्रलाई केन्द्रित गरी अमेरिकी सरकारले पनि सहयोग गरेको भन्दै धन्यवाद समेत दिएका थिए ।

हिंसात्मक द्वन्द्व र राजनीतिक संक्रमणकालकाबीच बिगत २ बर्ष यता लगातार ५ प्रतिशतभन्दा बढीको आर्थिक बृद्धिदर हासिल भएको र सरकार यसलाई अझ बढाएर छिटो सम्पन्नता हासिल गर्नेतिर क्रियाशील भएर लागेको अर्थमन्त्रीको भनाई थियो । यसका लागि सरकारले लगानीको वातावरण निर्माण गरेको र लगानी धमाधम आइरहेको जानकारी पनि गराएका थिए । अर्थतन्त्रमा यातायात र उर्जाको अभावको लागत धेरै भएको उल्लेख गर्दै अर्थमन्त्री डा महतले छिटै नै यी दुई अभावको परिपूर्ति हुने र आर्थिक बृद्धिदर ७ प्रतिशतभन्दा माथि हुने आशा पनि व्यक्त गरे ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्द पोखरेलले नेपाल सरकारले पनि उर्जा र यातायातलाई प्राथमिकतामा राखेको भन्दै अन्य मुलुकमा अमेरिकाले गरेको यस्तो लगानीको सफल मोडललाई नेपालमा पनि उतार्न सके राम्रो हुने विश्वास गरेका थिए । त्यसैगरी आयोगका सदस्य डा स्वर्णिम वाग्लेले नेपाललाई उपलब्ध गराइएको अमेरिकी सरकारको यो ठूलो सहयोग हो भन्दै यस सहयोगलाई ढिलो नगरी कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

त्यसैगरी, प्रमुख उपाध्यक्ष किमले सहयोगलाई छिटो कार्यान्वयन गर्न अमेरिका पनि तयार भएको र आफू यसै सिलसिलामा नेपाल आएको बताइन् । साथै, यसको तयारी गर्नका लागि कार्यालय तथा अन्य आवश्यक पूर्व तयारीका लागि पनि बजेट छुट्याइएको उनले जानकारी दिइन् ।

सो अवसरमा राष्ट्रिय संयोजक कृष्ण ज्ञवाली अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनी र नेपालस्थित अमेरिकी दूतावासका अधिकारीहरु तथा अमेरिकी सहयोग नियोगका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL