Logo

नेउवा महासंघ र पुष्पकमलबीच भेट, आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

नेउवा महासंघ र पुष्पकमलबीच भेट, आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२४ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका ३० दलिय मोर्चालाई बन्दका कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन् । महासंघको एक प्रतिनिधि मण्डलले एनेकपा माओवादीका अध्यक्ष पुष्पकल दाहाललाई भेटी सो आग्रह गरेका हन् ।

देशका सम्पूर्ण कलकारखाना बन्दा गर्दा देशलाई आर्थिक रुपमा भार पर्ने भन्दै आन्दोलनको रुवरुप परिवर्तन गर्न महासंघका कार्यवाहक अध्यक्ष पशुपति मुरारकाले आग्रह गरेका छन् । ‘बन्द हड्तालका सट्टा आमरण अनसन बस्नुस,’ दाहालसँगको भेटमा मुरारकाले भने, ‘देशलाई नै बन्दक बनाउने खालका कार्य नगर्नुस ।’ बन्द हड्तालले दैनिक २ अर्व रुपैयाँभन्दा घाटा हुने बताउँदै यस्ता क्रियाकलाप नगर्न उनले आग्रह गरेका थिए । सहमतिका आधारमा संविधान बन्नुपर्ने भएपनि त्यसका लागि बन्द हड्ताल भने गर्न नहुने उनको भनाइ थियो ।

बन्दका कारण दैनिक ज्यालादारी गर्ने १५ लाखभन्दा बढी मजदूरहरुलाई प्रत्यक्ष असर पर्नेछ ।

यता अध्यक्ष दाहालले भने आज बेलुकाको मोर्चाको बैठकबाट भोलीका दिनमा बन्द गर्ने वा नगर्ने भन्ने कुरा टुङ्गो लगाइने बताएका छन् ।

अध्यक्ष दाहालसँगको भेटमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीका साथै नेपाल चेम्वर अफ कमर्शका पदाधिकारी पनि गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL