Logo

नेपालमा ल्यापटप सर्किट लेवलको तालिम दिइँदै, महिलालाई विशेष प्राथमिकता

नेपालमा ल्यापटप सर्किट लेवलको तालिम दिइँदै, महिलालाई विशेष प्राथमिकता


रामराजा श्रेष्ठ
0
Shares

बिजखवर संवाददाता ।

एलाईन्स प्रालिले भारतबाट दक्ष प्राविधिक ल्याएर ल्यापटप सर्किट लेवलको तालिम सुरुवात गरेको छ । सर्किट लेवलको तालिम लिन भारत लगाएतका देशहरुमा जानुपर्ने बाध्यतालाई मध्यनजर गदै एलाइन्सले नेपालमै यस्तो किसिमको तालिम सुरुवात गरेको हो । भारतमा लामो समयसम्म काम गरि नेपाल फर्किएका दिपक पोखरलले भारतबाटै शिक्षक ल्याई नेपालमा यस्तो तालिम सुरुवात गरेका हुन् । मेसिनको माध्यमबाट सिकाईने चिप लेवसको यो तालिम नेपालमै पहिलोपटक भएको एलाइन्स प्रालिका कार्यकारी निर्देशक दिपक पोखरेलको दावी छ । मंसिरदेखि सुरु हुने चिप लेवल तालिममा एलाइन्सले महिलाकालागि २० प्रतिशत छुट दिने घोषणा गरेको छ ।
एलाईन्स रोजगारीको ग्यारेन्सी सहित तालिम कक्षाको सुरुवात गरेको दावी गरेको छ । कम्यूटर, ल्यापट, मोवाईलको ६ महिने तालिम कक्षा सम्पन्न भएपछि कम्पनीले उचित तलबमा आफ्नै नेटवर्कमा जागिर दिने बताएको छ । कम्पनीले तालिम कक्षा सञ्चालनका साथै ल्यापटप मर्मत समेत गर्ने गरेको छ । कम्पनीले बिग्रेको ल्यापटपको २० मिनेटभित्रै समस्या पत्ता लगाई २४ घण्टा भित्र मर्मत सम्पन्न गर्ने दावी गरेको छ । कम्पनीले ल्यापटक एक्चेन्ज समेत गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL