Logo

९ महिनामा हुनुपर्ने काम भएको छ : प्रधानमन्त्री ओली

९ महिनामा हुनुपर्ने काम भएको छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ९ महिनामा हुनुपर्ने कामहरु सबै भएको बताएका छन । सरकार आएको ९ महिना भैसक्दा पनि कुनै काम नभएको भन्ने गुनासोको विरुद्धमा उनले सरकारले ९ महिनामा गर्नुपर्ने कामहरु गरेको बताएका हुन । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ कार्यक्रममा बोल्दै उनले एयरपोर्ट लगायत अन्य विकासका हुनुपर्ने कामहरु भएको बताएका हुन ।

‘मेलम्ची आयोजना कति सुस्तसँग अगाढी बढिरहेको थियो अहिले काम तिव्र छ,’ उनले भने ‘केहि दिनमा मेलम्चीको पानी काठमाडौंमा आउँनेछ अनि देखिनेछ सरकारको काम ।’

उनले सरकार कुनै नियन्त्रणकारी संस्था वा यन्त्र नभइकन जनताको भलो चाहाने तथा जनताको सुरक्षा चाहाने हिसावले उक्त कार्यक्रमको शुभारम्भ गरिएको जानकारी दिएका छन । उनले विपक्षिले सरकारको कार्य नदेखेर विभिन्न विरोधका कार्यक्रम गर्दै हिँडेको भन्दै उनले अब काठमाडौंको सडक धुलोरहित हुनेछ र मेलम्चीको पानी काठमाडौंमा आउनेछ अनि सरकार देखिनेछ भन्ने आश्वासन दिएका हुन ।

कार्यक्रममा बोल्दै श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले उक्त नयाँ कार्यक्रमले नेपालमा रोजगारदाता र श्रमिकबीचको सम्बन्ध सुमधुर हँदै उत्पादकत्व बढ्नमा मद्दत पुग्ने बताएका हुन । उनले उक्त उत्पादकत्वले नेपालको आर्थिक विकासमा पनि सकारात्मक सुधार आउने र देश समृद्धीतर्फ लम्कने बताएका हुन ।

‘रोजगारदाताले आफ्नो प्रतिष्ठानहरुमो औद्योगिक सम्बन्ध कायम राखी ढुक्कसँग लगानी र व्यबसाय गर्ने बातारण प्राप्त गर्न गर्न सक्नेछन,’ उनले भने, ‘सुरक्षीत र निश्चीत भविष्यको निश्चिन्तताले श्रमिकहरु पुर्ण रुपले काममा लाग्न सक्नेछन ।’

यस्तै उनले उक्त कार्यक्रमको सुरुवातसँगै यसको कार्यान्वयनको पनि उत्तिकै ख्याल राख्नुपर्ने भन्दै यस्ता कार्यक्रमले परिवारको आर्थिक तथा सामाजिक हैसियत पनि उच्च राख्ने जानकारी दिएका हुन ।

यस्तै कार्यक्रममा रोजगारदाता कम्पनीका विभिन्न अध्यक्षहरुले कार्यक्रमको शुभारम्भ भएपनि सोहि अनुसार कार्यान्वयनमा भने चुनौति रहेको बताएका छन । कार्यक्रममा बोल्दै उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले कार्यक्रमबाट उद्यमसिलताको अभिलासा राखेको र उद्योगीहरु पनि ५ कदम अघि बढेर काम गरिरहेको बताएका छन ।

यस्तै कार्यक्रममा रोजगारदाता परिषदका अध्यक्ष चन्द्र ढकालले कार्यक्रममा रोजगारदाताको सबैभन्दा ठुलो जिम्मेवारी तथा हिस्सा रहेको बताउँदै कार्यक्रमको सुरक्षा व्यबस्था भने चुनौतिको रुपमा रहेको बताएका छन । उनले कार्यक्रममो सहयोगमा उत्पादनमुलक क्षेत्रमा पनि लगानी उल्लेख्य रुपमा वृद्धि गर्न सकिने बताएका हुन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL