Logo

निर्माण व्यवसायी महासंघका नयाँ नेतृत्वलाई सम्मान, व्यवसायीको माग सरकारले पुरा गर्नु पर्ने

निर्माण व्यवसायी महासंघका नयाँ नेतृत्वलाई सम्मान, व्यवसायीको माग सरकारले पुरा गर्नु पर्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

७ चैत,काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको नयाँ पदाधिकारीहरुलाई जिल्ला निर्माण व्यवसायी संघ ललितपुरले सम्मान गरेको छ ।

शनिवार राजधानीमा भएको कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी यादव अधिकारीले उनिहरुलाई खादा ओढाएर सम्मान गरेका हुन् ।

 

नयाँ पदाधिकारीलाई जिल्ला निर्माण व्यवसायी संघ ललितपुरका अध्यक्ष नवराज खड्काले टीका लगाइदिएका थिए । गत मंसिर २७ र २८ मा राजधानीमा भएको १७ औ साधारण सभाले शरदकुमार गौचनको नेतृत्वमा नयाँ महासंघको नयाँ नेतृत्व चयन गरेको थियो । उनीहरुको कार्याकाल आगामी तीन वर्षका लागि हुने छ ।

सो अवसरमा ललितपुरका प्रमुख जिल्ला अधिकारी यादव अधिकारीले निर्माण व्यवसायी मुलुकको आर्थिक सवलीकरणको मेरुदण्ड निर्माण भएको बताए । त्यसले गर्दा उनीहरुका जायज माग पूरा गर्न राज्य तयार हुनुपर्ने बताए ।

महासंघका अध्यक्ष शरदकुमार गौचनले व्यवसायीहरुबीचको एकता नै आजको आवश्कता भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL