Logo

१६औं गर्भनरमा डा. नेपाल नियुक्त, अर्को हप्ता शपथ ग्रहण

१६औं गर्भनरमा डा. नेपाल नियुक्त, अर्को हप्ता शपथ ग्रहण


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका १६औं गभर्नरमा प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार डा चिरञ्जीवी नेपाल नियुक्त भएका छन् । बिहीवार बसेको मन्त्री परिषदको बैठकले नेपाललाई गर्भनर नियुक्त गरेको हो ।

अर्थमन्त्री नेतृत्वको तीन सदस्सीय सिफारिस समितिले बुधवार डा. नेपालसहित राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय गोपाल प्रसाद काफ्ले र महाप्रसाद अधिकारीलाई गभर्नरमा सिफारिस गर्ने निर्णय गरेको थियो । डा. नेपाल आगामी पाँच बर्षे कार्यकालका लागि गर्भनर भएका हुन् । यससँगै  गभर्नर डा. युवराज खतिवडाको कार्यकाल आज देखि सकिएको छ ।

नवनिर्वाचित गर्भनरको  अर्को हप्ता शपथ ग्रहण गरिने भएको छ । स्रोतका अनुसार नेपालको आगामी आइतवार शपथग्रहणको तयारी गरिएको छ ।

उदार अर्थतन्त्रको वकालत गर्ने डा. नेपाल प्रधानमन्त्री शुसिल कोइराला निकट मानिन्छन् । निजी क्षेत्रमैत्री समेत मानिने उनी यसअघि धितोपत्र बोर्डको, अर्थमन्त्रीका सल्लाहाकार, पराराष्ट्रमन्त्रीका सल्लाहाकार समेत भइसकेका छन् ।

५२ वर्षे डा. नेपालले बनारस हिन्दु युनिभसिर्टीबाट सन् १९९४ मा म्याक्रो इकोनोमिक्समा विद्यावारिधि गरेका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL