Logo

३.७३ प्रतिशतले बढ्यो धानको मूल्य, मोटा धानको प्रति क्विन्टल २२३१ रुपैयाँ

३.७३ प्रतिशतले बढ्यो धानको मूल्य, मोटा धानको प्रति क्विन्टल २२३१ रुपैयाँ



काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले यस वर्षको धानको न्युनतम मूल्य कायम गर्न सिफारिस गरेको छ ।

सरकारले बाली लगाउनु पूर्वनै धान, उखु गहुँ लगायतका कृषि उपजहरुको समर्थन मूल्य तोकिने बजेट वक्तव्य मार्फत घोषण गरे अनुरुप धानको नयाँ मूल्य तोक्न सिफारिस गरेको मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले निधारण गरेको कृषि उपजमा मोटा धानको प्रति क्विन्टल २ हजार २ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानको मूल्य प्रति क्विन्टल २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा रहेको छ ।

जुन गत वर्षको भन्दा यस वर्ष मोटा धानको मूल्य ३ दशमलब ७३ र मध्यम धानको मूल्य दशमलब ९० प्रतिशतले बढेको मन्त्रालय श्रोतले जानकारी दिएको छ ।

साथै धानको समर्थन मूल्यका लागि धान उत्पादनको लागत, प्रचलित थोक मूल्य र भारतले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यलाई आधार मानेर तोकेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL