काठमाडौं । अनुदान भुुक्तानीको माग गर्दै उखुु किसानले काठमाडौंमा आन्दोलन गरिरहेका बेला दुग्ध किसान पनि सडकमा उत्रिएका छन् । अखिल नेपाल किसान महासंघको अगुवाइमा दूध किसानहरु समेत आन्दोलनमा उत्रिएका हुन् ।
दूध उत्पादक किसानहरुले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थानको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका किसानहरुमाथि प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रदर्शनका क्रममा किसान र प्रहरीबीच घम्साघम्सी भएको छ । दुग्ध विकास संस्थान लगायतका सम्बन्धित निकायलाई दूधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदै आउँदा पनि सम्बोधन नभएपछि अखिल नेपाल किसान महासंघको अगुवाइमा किसानहरुले डिडिसी कार्यालय अगाडि प्रदर्शनसहित धर्ना दिन खोजेका हुन् ।