Logo

दोस्रो अन्तरराष्ट्रिय विमानस्थल र दु्रतमार्ग अगाडी बढाउन सरकारले सहयोग गर्ने, निर्माण चाडै गर्न मन्त्रालयलाई निर्देशन

दोस्रो अन्तरराष्ट्रिय विमानस्थल र दु्रतमार्ग अगाडी बढाउन सरकारले सहयोग गर्ने, निर्माण चाडै गर्न मन्त्रालयलाई निर्देशन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
२ चैत,काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँ तराई द्रूतमार्ग अगाडि बढाउनमा सहयोग गर्न सरकार तयार रहेको बताए ।

laxmi

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न प्रकारका समस्या आएपछि मुलुकको प्रतिष्ठामा नै आँच आएको भन्दै उनले ती दुई आयोजना समयमा नै निर्माण हुनुपर्नेमा जोड दिए ।

व्यवस्थापिका–संसद्को विकास समितिको सोमवार बसेको बैठकमा कोइरालाले विकास निर्माणलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए ।

साथै विमानस्थल र द्रूतमार्ग कुन मोडलमा अगाडि बढाउने हो त्यसको ढाँचा तय गर्न आग्रह समेत गरे । उनले भने ‘सार्वजनिक निजी साझेदारीमा (पिपिए) वा निर्माण, सञ्चालन, स्वामित्व र सञ्चालन (बुट) मोडल कुन हो त्यो पहिले निर्धारण गर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गर्दछु ।’

सरकारको संस्थागत प्रणाली नहुनु र काम कारवाहीमा प्रभावकारिता नहुनुले देशको विकास नभएको कोइरालाले जानकारी दिए । साथै कुनै पनि बहानामा आयोजना रोक्न नमिल्ने धारणा व्यक्त गरे । विगतमा लगानीको वातावरण नभएकाले विकास तथा आर्थिक समृद्धि हुन नसकेको स्मरण गरे । साथै भएका स्रोत तथा साधनलाई उपभोग गर्न सरकारी संयन्त्रको पनि प्रभावकारी परिचालनको आवश्यकता औँल्याए ।

एकीकृत नेकपा (माओवादी) लगायतका विपक्षी दलसँग पनि सहमतिको लागि प्रयास जारी रहेको जानकारी दिँदै उनले मुलुकले फेरि पनि द्वन्द्व र विग्रह धान्न नसक्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
MBL