Logo

स्मार्ट लाइसेन्स वितरणमा तिव्रता दिदै यातायात विभाग, लाइसेन्स छाप्न थप ५ मेसिन भित्र्याउँदै

स्मार्ट लाइसेन्स वितरणमा तिव्रता दिदै यातायात विभाग, लाइसेन्स छाप्न थप ५ मेसिन भित्र्याउँदै



काठमाडौं । लामो समयदेखि सुस्त गतिमा सवारी चालक अनुमितपत्र को स्मार्ट लाईसेन्स वितरण गर्दै आएको यातायात व्यवस्था विभागले त्यसलाई तीब्रता दिने भएको छ । स्मार्ट लाइसेन्स वितरणमा ढिलाई भएपछि विभागले लाईसेन्स छाप्ने थप मेशिन ल्याएर द्वूत गतिमा वितरण गर्न लागिएको विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए ।

स्मार्ट लाईसेन्सका लागि आवेदन दिएका आवेदकले ६ महिनादेखि लाइसेन्स नपाएको गुनासो गरिरहेको अवस्थामा विभागले भने अबका दिनमा द्वूत गतिमा वितरण गर्ने तयारी गरेको हो । हाल स्मार्ट लाइसेन्स लिनका लागि देशभरका यातायात कार्यालयमार्फत १ लाख ७० हजारले आवेदन दिएका छन् । तर, सबै आवेदकलाई बैंशाख महिनाभित्रै स्मार्ट लाईसेन्स तिवरण गरिने भट्टराईले जानकारी दिए ।

हाल विभागले ४ ओटा प्रिन्टिङ मेशिनबाट स्मार्ट लाइसेन्स छाप्दै आएको छ । तर, आगामी दिनमा त्यसलाई बढाएर ९ वटा मेशिनबाट स्मार्ट लाइसेन्स छाप्ने तयारी गरिएको समेत उनको भनाई थियो । ‘हामीले यहि हप्ताभित्र लाइसेन्स छाप्ने थप ५ ओटा मेशिन ल्याउँदै छौं,’ उनले भने, ‘विभागले ९ ओटा मेशिनबाट लाइसेन्स छापेर आवेदन दिएका सेवाग्राहीलाई १ महिनाभित्रै पूर्ण रुपमा स्मार्ट लाईसेन्स वितरण गर्ने छ ।’

भट्टराईका अनुसार लाइसेन्स छाप्नका लागि कर्मचारीलाई २ सिफ्टमा खटाइने भएको छ । थप ५ वटा मेशिन आएसँगै दैनिक १२ घण्टा कर्मचारी खटाएर स्मार्ट लाइसेन्स छपाई तथा वितरण गरिने भएको छ । जसले गर्दा सेवाग्राहिले सहज रुपमा तोकिएकै समयभित्र स्मार्ट लाईसेन्स पाउने समेत उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL