Logo

नेपाली तारा तीनको उत्कृष्ट तीन छानिए, अन्तिम प्रतिशपर्धा शुक्रबार हुँदै

नेपाली तारा तीनको उत्कृष्ट तीन छानिए, अन्तिम प्रतिशपर्धा शुक्रबार हुँदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

२० फागुन,काठमाडौं । नेपालको सांगीतिक रियालीटी सो कोका–कोला नेपाली तारा ३ को तीन उत्कृष्ट प्रतियोगी छानिएका छन् । अन्तिम चरण सुरु भएको छ । उत्कृष्ट तीन प्रतियोगीहरुमा सुरेस लामा, प्रताप लामा र देबेस राई रहेका छन् ।

गत भदौ १७ मा धरानबाट सुरु भएको कार्यक्रम नारायणगढ, बुटवल, पोखरा, भक्तपुर हुँदै राजधानी काठमाडौँ आएको थियो । नेपाली तारा तीनमा कोका–कोला नेपाली तारा ३ को अन्तिम प्रदर्शन आगामी शुक्रवार भद्रकाली, काठमाडौँ स्थित आर्मी अफिसर्स क्लबमा हुँदैछ । उत्कृष्ट तीन प्रतियोगीहरुले आफनो अन्तिम स्टुडियो प्रदर्शन दिइसकेका छन् र निर्णायकहरुले उनीहरुलाई अंक पनि दिएका छन् (जुन अहिलेसम्म खुलासा गरिएको छैन) ।

अब सोहि अंकमा दर्शकहरुको भोट पनि जोडिने आयोजकले जानकारी दिएको छ । भोटिङ लाइन २२ फाल्गुन, २०७१ को बिहान १० बजेसम्म खोलिने छ । प्रतियोगिताको विजेताले एउटा बजाज डिस्कोभर मोटरसाइकल लगाएत रु. २ लाख ५० हजार नगद पुरस्कार र कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गित गाउने अवसर पाउनेछन् ।

 अन्तिम १० प्रतियागीहरुले रु.११ हजार नगद पुरस्कारका साथ विशेष टप १० एल्वममा एउटा गित गाउने अवसर पाउनेछन् । साथै विजेताले दक्षिण कोरियाको सियोलमा कन्सर्टको पनि मौका पाउनेछन् । कोका–कोला नेपाली ताराको विजेताले डिजिटल कि प्रोडक्सनले प्रायोजनमा अस्टे«लिया ट्रिपमा जाने अवसर पाउनेछन् ।

त्यस्तै २ सर्वोत्कृष्ट विजेताहरुले थर्ड आइ युकेको प्रायोजनमा लन्डन ट्रिपमा जाने अवसर पाउनेछन् । अन्तिम ३ मा पर्न सफल हुने प्रतियोगीहरुले जियोनि मोवाइलबाट विश्वको सबैभन्दा पातलो मोवाइल फोन प्राप्त गर्नेछन् ।

कोका–कोला प्रमुख प्रायोजक हुनुका साथै यसमा डिसहोम र मास्टरपीसले पनि सहकार्य गरेको छ । प्रतियोगिताको आधिकारिक मोबाइल पार्टनर जियोनी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL