Logo

ईश्वर पोखरेल अर्थ र रामबहादुर थापा गृह मन्त्री पक्का ! आज ११ मन्त्री थपिँदै

ईश्वर पोखरेल अर्थ र रामबहादुर थापा गृह मन्त्री पक्का ! आज ११ मन्त्री थपिँदै


बिजखबर संवाददाता
3.1k
Shares

काठमाडौं । सरकारले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ । वामगठबन्धनका तर्फबाट नेकपा एमाले र माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीको नाम लगभग टुङ्गो लगाएपनि हालसम्म सार्वजनिक गरेका छैनन् ।

आज हुने मन्त्रिपरिषद् विस्तारमा अर्थ र गृह मन्त्रीको नाममा भने टुङ्गो लागेको सम्बद्ध स्रोतले जानकारी दिएको छ । जस अनुसार अर्थमन्त्रीमा इश्वर पोखरेलाई नियुक्ती गरिने पक्कापक्की जस्तै भएको एमालेका एक उच्च अधिकारीले जानकारी दिए । अर्थमन्त्रीका लागि धेरै जानको नाम चर्चामा आएपनि पार्टीको पोर्टफोलियो लगायतका कारणले गर्दा इश्वर पोखरेल नै अर्थमन्त्री हुने निश्चितजस्तै भएको छ ।

यसैगरी गृह मन्त्रीमा रामबहादुर थापालाई नियुक्त गरिने भएको छ । माओवादी केन्द्रका तर्फतबाट गृह मन्त्रीका लागि जनार्दन शर्मा तथा बर्षमान पुन लगायतको नाम आएपनि अन्तमा थापालाई नियुक्त गर्न लागिएको हो ।

सरकारले आज ११ जना मन्त्री थप्ने भएको छ । यससँगै मन्त्रीको संख्या १३ पुग्ने छ । यस अघि प्रधानमन्त्रीले आफुले सपथ लिँदा २ मन्त्री सहितको मन्त्रीमण्डल विस्तार गरेका थिए ।

फोरमलाई पनि सरकारमा ल्याउने प्रयास भइरहेकाले आजै सबै मन्त्री नतोकिने समेत उच्च स्रोतले जानकारी दिएको छ । जम्मा १७ सदस्यीय मन्त्रिमण्डलमा ४ वटा मन्त्रालय खाली राखिने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL