काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदहरुको सूची सच्याएर पुनः पठाउन दलहरुलाई पत्राचार गरेको छ । कांग्रेस, माओवादी र राजपाले सोमबार पेस गरेको सूचीमा समावेशी समूहको प्राथमिकता क्रम नमिलेपछि सच्याएर पुनः बुझाउन पत्राचार गरेको हो ।
आयोगका प्रवक्ता नवराज ढकालका अनुसार सूची बुझाउन दुई दिनको समय दिइएको । जसअनुसार दलहरुलेफागुन २ गते साँझ ५ बजेभित्रै सूची सच्याएर बुझाउनुपर्ने छ ।
निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसले बुझाएको सूचीमा पिछडिएको क्षेत्रको ठाउँमा अन्य समूहबाट दुई जनाको नाम राखेर बुझाएको छ ।
दलहरुले सच्याएर सूची बुझाउनासाथ प्रतिनिधिसभा निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी आयोगले गरेको छ ।