Logo

हुलाकी राजमार्गका तत्कालिन योजना प्रमुखसहित ४ विरुद्ध मुद्दा, सरकारको सम्पत्ति नोक्सान गरेको आरोप

हुलाकी राजमार्गका तत्कालिन योजना प्रमुखसहित ४ विरुद्ध मुद्दा, सरकारको सम्पत्ति नोक्सान गरेको आरोप


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

११ फागुन,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुलाकी राजमार्ग आयोजनाका तत्कालिन योजना प्रमुख सहित ४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

हुलाकी राजमार्गको राप्ती नदीको पुलमा बेलिब्रिज बनाउँदा पर्याप्त प्राविधीक तयारी तथा गृहकार्य नगरेको भन्दै आयोजनाको कार्यालय नेपालगंजका तत्कालिन योजना प्रमुख मनोज श्रेष्ठलगायत अन्य ४ जनाविरुद्ध रिट दायर गरेको हो । उनीहरु विरुद्ध विभिन्न मितीमा निर्माण व्यवसायी नेपाल विल्डर्सलाई भुक्तानी दिएकोमा उक्त वेलिब्रिज भत्किदा सरकारको रु २५लाख ६५ हजार बराबरको सम्पत्ती नोक्सान गराएको आरोप लागेको छ ।

आरोपीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार कारवाही गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL