Logo

शाखा अधिकृतका लागि आवेदन खुल्ला, ३९० जनाका लागि जागिर

शाखा अधिकृतका लागि आवेदन खुल्ला, ३९० जनाका लागि जागिर


बिजखबर संवाददाता
513
Shares

काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक खुला एवम् समावेशी शाखा अधिकृतको विभिन्न सेवाका लागि दरखास्त अह्वान गरेको छ । आयोगले बुधबार एक सूचना प्रकाशित गर्दै खुला तथा समावेशी गरेर जम्मा ३९० पदको लागि कर्मचारी मागेको हो ।

व्यवस्थापिका न्याय, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाको लागि दरखास्त आहृवान गरेको हो । जसमा खुलातर्फ २०६ पद र महिलाका ५९ पदमा दरखास्त खुलाएको गरेको छ ।

समावेशीतर्फ आदिवासी(जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रको लागि पनि पद सिर्जना गरेको आयोगले आदिवासी(जनजाति मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रको लागि विभिन्न कोटा तोकेको छ ।
आयोगले ४ चरणको परिक्षापछि अन्तिम नामावली प्रकाशित गर्ने व्यवस्था जानकारी दिएको छ । आयोगका अनुसार लिखित, सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता पछि अन्तिम नामावली प्रकाशित हुनेछ ।

आवेदन फारम अनलाइनबाटै भर्न सकिने छ । दरखास्त आगामी पुस १८ गतेसम्म दिन पाइने छ । साथै दोब्बर दस्तुरमा पुस २५ गतेसम्म पनि दरखास्त दिन सकिनेछ ।

दरखास्तवालाले आन्तिरक प्रतियोगिता र खुलाको लागि १ हजार रुपैयाँ, प्रत्येक समावेशी समूहको लागि थप ४ सय तथा न्याय र परराष्ट्र सेवाको थप पत्रको लागि छुट्टा-छुट्टै ४ सय रुपैयाँ बुझाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL