नुवाकोटमा एमालेका नारायण खतिवडा विजयी, हेवीवेट अर्जुननरसिंह केसी साढे १० हजार मतले पराजित


बिजखबर संवाददाता
10 December, 2017 8:53 am

नुवाकोट । प्रतिनिधिसभा निर्वाचनमा नुवाकोटबाट बामगठबन्धनका उम्मेदवार नारायणप्रसाद खतिवडा विजयी भएका छन् । नुवाकोट क्षेत्र नम्बर २ बाट बामगठबन्धनकातर्फबाट नेकपा एमालेका उम्मेदवार खतिवडा विजयी भएका हुन् ।

Bajaj
Nabil_bank

खतिवडाले नेपाली कांग्रेसका हेवीवेट नेता अर्जुननरसिंह केसीलाई फराकिलो मतान्तरले पराजित गरेका छन् । खतिवडाले ३६ हजार ८ सय ९२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी केसीले २६ हजार ३ सय ३५ मत मात्र प्राप्त गरे ।

यसैगरी सो क्षेत्रको प्रदेशमा पनि बामगठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश क मा माओवादी केन्द्रका हिरानाथ खतिवडा विजयी हुँदा ख मा एमालेका केशव पाण्डे विजयी भए ।

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom
connect_Ips