Logo

स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउत पक्राउ

स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउत पक्राउ


बिजखबर संवाददाता
1.6k
Shares

काठमाडौं । स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत पक्राउ परेका छन् । उनलाई जनकपुरस्थित डेराबाट बिहान १० बजे पक्राउ गरिएको धनुषा जिल्ला प्रहरी प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए ।

राउतले टेलभिजनमा प्रत्यक्ष प्रसारणमार्फत् मधेसका जनतालाई चुनावमा सहभागी नहुन आह्वान गर्दै थिए । प्रत्यक्ष प्रसारणमा रहेकै बेला प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनको गाउँमा अहिलेसम्म कुनै मत नखसेको प्रहरीले जानकारी दिएको छ । राउतको स्थायी घर सप्तरी भएपनि उनी जनकपुर बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL