Logo

रक्षामन्त्री भन्छन् ‘भयरहित वातावरणमा निर्वाचन गर्न सरकार प्रतिबद्ध छ ’

रक्षामन्त्री भन्छन् ‘भयरहित वातावरणमा निर्वाचन गर्न सरकार प्रतिबद्ध छ ’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रक्षामन्त्री भीमसेनदास प्रधानले भयरहित वातावरणमा निष्पक्ष निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले चुनाव विरोधी गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

क्यानाडाको भ्यानकुभरमा गतसाता भएको राष्ट्रसंघीय शान्ति स्थापनासम्बन्धी मन्त्रिस्तरीय सम्मेलनबारे जानकारी दिन आज रक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफमा उनले यस्ते प्रतिबद्धता व्यक्त गरेका हुन् ।

केही दिनयता निर्वाचनलाई प्रभावित पार्ने तथा प्रचारप्रसारमा अवरोध खडा गर्नेलगायत आपराधिक गतिविधि हुन नदिन सरकार गम्भीर रहेको रत्यस्ता क्रियाकलापमा संलग्नलाई कारबाही गर्ने दृढता व्यक्त गरे ।

‘बम, बारुदी पासो विष्फोटजस्ता ३४ वटा आपराधिक घटनाको सूचना गृहमन्त्रालयबाट प्राप्त भएको छ ’ उनले भने देशमा आतंक मच्चाउनेविरुद्ध सरकार सचेत र गम्भीर छ ।’ साथै निर्वाचन सुरक्षा सरकारको पहिलो प्राथमिकता भएको बताए ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले चुनाव प्रचारमा रहेका नेतालाई तारो बनाएर गरिएका आक्रमणलाई मुुलुकमा राजनीतिक अस्थिरता निम्त्याउन खोज्ने उच्छृङ्खल क्रियाकलापको संज्ञा दिँदै उम्मेदवारको सुरक्षामा केन्द्रित रहेर नेपाली सेना परिचालन नभएको स्पष्ट गरे ।

‘आम मतदातामा सुरक्षाको पूर्ण प्रत्याभूति गराउँदै निर्वाचनको सुरक्षित एवं विश्वसनीय वातावरण तयार गर्नुका साथै मतपत्रको छपाइ, ढुवानीजस्ता काममा नेपाली सेनाले सुरक्षा दिँदै आएको छ’ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको काबुबाहिरको परिस्थिति सिर्जना भएमा प्रमुख जिल्ला अधिकारीको आग्रहमा सेना परिचालन हुने कार्यादेश सुनाउँदै उनले भने । रासस

प्रतिक्रिया दिनुहोस्
MBL