Logo

छाड्नुस आयातित स्याउ, काठमाडौं भित्रियो जुम्लाको अर्गानिक ‘कोसेली’

छाड्नुस आयातित स्याउ, काठमाडौं भित्रियो जुम्लाको अर्गानिक ‘कोसेली’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौंमा पछिल्लो समय चाइनिज र भारतीय स्याउले बजार लिइरहेको समयमा उपभोक्ताहरु नेपाली स्वादमा केहि समयका लागि भएपनि रमाउन पाउने भएका छन् ।

थोरै मात्रामा उपलब्ध हुने गरेको जुम्लाको अर्गानिक स्याउ नेपाली स्याउ बजारमा भित्रिएसँगै स्याउ पारखीहरुलाई यस्तो अवसर मिल्ने भएको हो ।

विगत ५ वर्षयता निरन्तर एप्पल गार्डेन जुम्लाले काठमाडौं उपभोक्ता माझ सर्वसुलभ मुल्यमा आर्गानिक स्याउ भित्रयाउँदै आएको छ ।

जसअनुसार यस बर्ष पनि सो क्रमलाई निरनतरता दिएको हो । भारतीय स्याउहरु टिपेको लामो समयपछि काठमाडौं आइपुग्ने भएको भएपनि उपभोक्तासँग विकल्प नहुँदा मँहगो मुल्यमानै विदेशी स्याउ खरीद गरीरहेका छन् ।

जुम्लामा उत्पादीत स्याउको मुल्य विदेशी स्याउको तुलनामा सर्वसुलभ रहेको छ । पछिल्लो समय जुम्लामा जिल्ला कृषी कार्यालयले अर्गानिक उत्पादनमा जोड दिएपछि र अर्गानिक स्याउ उत्पादनको जिल्लाका रुपमा विकास गरेपछि देशभर जुम्लाको स्याउको माग उच्च रहेको छ ।

यद्धपि बाटो र गाडिको कठिनाईका कारण स्याउमा धेरै नाफा नहुने भएपनि आफ्नो उत्पादन बजार सम्म पुर्याउनु र निरन्तरता दिनु ठुलो कुरा भएको कृषक दिनेश खड्का बताउँछन् ।

पछिल्लो समय जुम्लामानै प्रतिकेजि ६० देखि ७० रुपैंया सम्ममा स्याउ विक्रि हुँदै आएको छ । काठमाडौंसम्म आइपुग्दा ठुलो मात्रामा खर्च हुने भएपनि आफुहरु नाफाका लागि भन्दापनि जुम्ली स्याउको बजार प्रवद्र्धनका लागि स्याउ ल्याउने गरेको खड्काको भनाई छ ।

वर्षा र बाटोका कारण स्याउ ल्याउन जोखिम भएपनि निरन्तर ल्याउँदै आएकाले जोखिम मोलेर नै योपटक पनि काठमाडौंसम्म स्याउ ल्याएको स्थानिय कृषक तथा व्यवसायी दिनेश खड्काले बताए । उनले भने ‘यो पटक बाटोको समस्या जटिल थियो,१ दिन बाटो अवरोध हुँदा पनि गाडीको तातोले स्याउ विग्रने जोखिम हुन्छ हामीले त्यो जोखिम मोलेर ल्याएका छौं ।’ उनले स्याउ ल्याउँदा सम्पुर्ण जोखिम आफ्नै भएकाले समस्या पर्ने गरेको बताए ।

यस्तो अवस्थामा पनि टिपेको २,३ दिनमानै स्याउ काठमाडौं भित्रिएकाले ताजा स्याउ आइपुग्दा आफु निकै खुसि भएको बताए । उनले स्याउसँगै जुम्ली सिंवि, ओखर पनि उपलब्ध गराएका छन् । बानेश्वर स्थित अल इन वान मार्टबाट स्याउ विक्रि गरीरहेको जनाएका छन् । उपभोक्ताले सहज मुल्यमानै स्याउ खरीद गर्दै राष्ट्रिय उत्पादन र कृषकको मेहेनतलाई सहयो गर्ने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
MBL