Logo

जगदम्बा उद्योगमा आगलागी, करोडौंको क्षति

जगदम्बा उद्योगमा आगलागी, करोडौंको क्षति


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

५ माघ, काठमाडौं । बाराको सिमरामा रहेको जगदम्बा उद्योगमा उद्योगमा आगलागी भएको छ । वीरगन्ज पथलैया औद्योगिक क्षेत्रस्थित सिमरामा रहेको जगदम्बा उद्योगमा सोमबार आगलागी भएको हो । आगलागी हुँदा करौडौंको क्षति भएको कम्पनीले बताएको छ ।

बिहान करीब ३ बजेतिर उद्योगको एसआरएम प्लान्टमा आगलागी भएको हो । विद्युत् सट भएर आगलागी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक क्षति व्यापक भएको जगदम्बा उद्योगका प्रशासकीय अधिकृत कुन्दन ढकालले जानकारी दिए । उद्योगको मुख्य  प्लान्टमा आगलागी भएका कारण एक करोडभन्दा बढी नै क्षति भएको उनको भनाइ छ ।

ढकालका अनुसार आगलागीमा परी उद्योगको कुलिङ बेड, ३० मोटर, बिजुलीका केबल तथा उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ जलेर खरानी भएको छ ।

आगलागीका कारण बिहानबाट उद्योगको उत्पादन पनि अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय सिमरा, वीरगन्ज उपमहानगरपालिकाको बारुण यन्त्र तथा नेपाल आयल निगम क्षेत्रीय कार्यालय अमलेखगन्ज बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL