Logo

एकैदिन पचास लाख सन्देश प्रवाह, पूर्वसूचना प्रणाली प्रभावकारी बनाउनुपर्नेमा जोड

एकैदिन पचास लाख सन्देश प्रवाह, पूर्वसूचना प्रणाली प्रभावकारी बनाउनुपर्नेमा जोड



काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई सचेत रहन अनुरोध गर्दै शनिबार ५० लाख बाढी पूर्वसूचनासम्बन्धी सङ्क्षिप्त सन्देश (एसएमएस) पठाएको छ ।

बाढीको जोखिम भएका स्थानका सर्वसाधारणलाई नेपाल टेलिकम र एनसेलसँगको समन्वयमा सतर्क रहने सन्देश प्रवाह गरिएको विभागका बाढीविद् विनोद पराजुलीले बताए ।

उनले भने, “शनिबार हामीले ५० लाख एसएमएस पठायौँ । परिणामस्वरुप बाढीको जोखिम भएका क्षेत्रका मानिस सुरक्षित स्थानमा गएर बसेको पाइयो ।”

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन पूर्वतयारी तथा पूर्वसूचनामा पर्याप्त लगानी आवश्यक भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्