Logo

मौसम खुलेसँगै एकतर्फी सुचारु भए काठमाडौँ आउजाउ गर्ने सडक (सूचनासहित)

मौसम खुलेसँगै एकतर्फी सुचारु भए काठमाडौँ आउजाउ गर्ने सडक (सूचनासहित)



काठमाडौँ । मौसम सुधारसँगै केही स्थानमा यातायात सुचारु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै विभिन्न ठाउँमा पहिरो पन्छाएर एकतर्फीरुपमा सवारी सञ्चालनको तयारी भइरहेकाले धादिङ, चितवन, मकवानपुर र नुवाकोट प्रशासनको सूचनाका आधारमा ती जिल्लामा आवागमन एकतर्फी रूपमा खुला गरिएको जनाएको हो ।

सवारी चलाउँदा सडकमा खटिएका सुरक्षाकर्मीको निर्देशन एवं ट्राफिक इसारा, संकेत र सूचनालाई गम्भीरतापूर्वक लिई सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्