काठमाडौं । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको दमनबारे गठित जाँचबुझ आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको पासपोर्ट रोक्का गर्न सिफारिश गरेको छ ।
आयोगका सदस्यले दिएको जानकाअनुसार आज (आइतबार) बसेको बैठकले ओली र लेखकसहित पूर्व गृहसचिव गोकर्णमणी दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व सीडीओ छवि रिजालको पासपोर्ट रोक्का भनेको छ । आयोगको अध्यक्षमा पूर्व न्यायाधीश गौरीबहादुर कार्की छन् ।
आयोगका सदस्य विज्ञानराज शर्माले जारी गरेको विज्ञप्तीअनुसार यी पाँच जना व्यक्तिहरुलाई आयोगको स्विकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनको लागि पनि सम्बन्धित निकायमा पत्राचार गर्ने भनिएको छ । यस्तै, भदौ २३ र भदौ २४ गतेको घट्नाहरुको छानबिन गरी प्रतिवेदन पेश गर्न बनेको जाँचबुझ आयोगको काम प्रभावकारी रुपमा सम्पादन गर्न विज्ञसहितको जनशक्ति आवश्यक देखिएकाले थप जनशक्तिको लागि गृह मन्त्रालयलाई अनुरोध गरिएको छ ।
