Logo

नयाँ गृहसचिवको रुपमा आए रामेश्वर दंगाल, गोकर्णमणीलाई हटाइयो

नयाँ गृहसचिवको रुपमा आए रामेश्वर दंगाल, गोकर्णमणीलाई हटाइयो



काठमाडौं । सरकारले रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी दिने निर्णय गरेको छ। हालै रक्षासचिवका रूपमा कार्यरत दंगाल यसअघि पनि गृह प्रशासनकै क्याडर रहँदै आएका थिए।

जेन–जी आन्दोलन दमनमा संलग्न भएको आरोप लागेका गृहमन्त्रालयका सचिव गोकर्णमणि दुवाडीलाई हटाएर दंगाललाई जिम्मेवारी तोकिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार निर्णय मंगलबार वा बुधबारभित्र कार्यान्वयन हुने छ।

दुवाडी भिजिट भिसा प्रकरणमा विवादमा तानिए पनि पछि उन्मुक्ति पाएका थिए। सरकार परिवर्तनपछि करिब डेढ सातासम्म उनले गृहमन्त्रालयमै जिम्मेवारी सम्हालेका थिए। तर आन्दोलन दमनमा गृह प्रशासनको नेतृत्व गरेका कारण उनीमाथि छानबिन गर्नुपर्ने माग उठिरहेको अवस्थामा सरकारले उनलाई हटाएको हो।

प्रतिक्रिया दिनुहोस्