Logo

शर्माको पार्थिव शरीरमा प्रधानमन्त्रीले दिए श्रद्धान्जली, आर्याघाटमा अन्तेष्टी

शर्माको पार्थिव शरीरमा प्रधानमन्त्रीले दिए श्रद्धान्जली, आर्याघाटमा अन्तेष्टी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२९ पुस काठमाडौं । उद्योगी विएल शर्माको आज पशुपति आर्यघाटमा अन्तेष्टी गरिएको छ । आइतबार विहान निधन भएको शर्मालाई विशेष सम्मानका साथ अनेस्ष्टी गरिएको हो । शर्माको शवयात्रा गरी उनको निवास बाफलमा पु¥याएर अन्तेष्टी गरिएको थियो ।

bl-sharma-p

स्वर्गीय शर्माको पार्थिव शरीरमा प्रधानमन्त्री सुशील कोइरालाले मङगलवार श्रद्धान्जली अर्पण गरेका थिए । शर्माको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि नयाँ बानेश्वरस्थित अनमोल क्याटरिङमा राखिएको थियो  ।

bl-sharma-ramsharan

स्वर्गीय शर्मालाई पूर्व प्रधानमन्त्रीहरु सूर्यबहादुर थापा, झलनाथ खनाल, माधवकुमार नेपाल र शेरबहादुर देउवाले अन्तिम श्रद्धान्जली दिएका थिए । यस्तै, उद्योगी विनोद चौधरी, नेपाली कांग्रेसका  उपसभापति रामचन्द्र पौडेल, उपप्रधानमन्त्री वामदेव गौतम, अर्थ मन्त्री रामशरण महत, सञ्चारमन्त्री डा मीनेन्द्र रिजाल, कानुन तथा न्यायमन्त्री नरहरि आचार्यलगायतले श्रद्धान्जली दिएका थिए ।

bl-sharma-s

उनको श्रीमती र तीन छोरी छन् । उनी अनमोल क्याटरिङ सर्भिसका अध्यक्ष तथा आम्रपाली बेन्केटका संचालक थिए । शर्मा निजीस्तरबाट मिठाइ व्यवसाय संचालन गर्ने पनि पहिलो व्यक्ति समेत हुन् । उनले संसद्मा लगातार ३० वर्षसम्म क्यान्टिन समेत चलाएका थिए । यसैगरी, उनले नेपालमा पहिलो पटक कलकत्ता–काठमाडौं विमान सेवा शुरु गरेका थिए ।

BJ_09006

स्वर्गीय शर्माको नेपालको व्यवसायिक क्षेत्रमा निकै ठूलो योगदान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL