Logo

प्रतितोला आठ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

प्रतितोला आठ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा झरेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घट्दै २२ सय ७० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार नेपाली बजारमा चाँदी प्रतितोला २३ सय १० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्