Logo

तीन संसदीय समितिको बैठक बस्दै, पर्यटन समितिमा हवाई सेवा प्राधिकरण विधेयकबारे छलफल हुने

तीन संसदीय समितिको बैठक बस्दै, पर्यटन समितिमा हवाई सेवा प्राधिकरण विधेयकबारे छलफल हुने



काठमाडौँ । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे आठ बजे बस्नेछ । बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँग छलफल हुनेछ ।

यस्तै, विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१ माथि दफावार’ छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा न समितिमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्