Logo

आज पाँच संसदीय समितिको बैठक बस्दै

आज पाँच संसदीय समितिको बैठक बस्दै



काठमाडौँ । संघीय संसद्का विभिन्न पाँच समितिहरूको बैठक आज बस्दै छ ।

निर्धारित कार्यतालिकाअनुसार आज कानुन न्याय तथा मानवअधिकार समिति, महिला बालबालिका, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।

कानुन समितिमा ‘विश्वव्यापी आवधिक समीक्षाका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग छलफल’ गर्ने कार्यसूची तय गरिएको समितिका सचिव रामहरि थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्