Logo

एक वर्षमा सेयर बजार रातोबाट हरियो भयो, पूर्वाधार विकासको गति उच्च : प्रधानमन्त्री ओली

एक वर्षमा सेयर बजार रातोबाट हरियो भयो, पूर्वाधार विकासको गति उच्च : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको एक वर्षमा पुँजी बजार रातोबाट हरियो भएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले २०८१ को असारमा शेयर बजार नेप्से २१०० को वरिपरि रहेकोमा २०८२ को असार सकिँदा २८ सय पुगेको उल्लेख गरेका छन् ।

यस्तै आजभन्दा ६ वर्ष अगाडि आफ्नो सरकार हुँदा भौतिक पूर्वाधार विकासको गति उच्च भएको रेकर्ड रहेको भन्दै त्यसबीचमा फेरि त्यो गति घटेको उल्लेख गरेका छन् ।

‘अहिले फेरि हामी नै सरकारमा हुँदा पूर्वाधार विकासको गति बढेको तथ्याङ्क प्राप्त भएको छ। यो गति अझ बढाउनु पर्ने छ’, प्रधानमन्त्रीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्