Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, सामान्य प्रशासनमन्त्री गुप्ताको पद धरापमा

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, सामान्य प्रशासनमन्त्री गुप्ताको पद धरापमा



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक साँझ ६ बजेपछि बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस लेनदेनसम्बन्धी विवादित बनेका बेला मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

प्रधानमन्त्रीको सचिवालयले भने यो बैठक नियमित रहेको बताएको छ । हरेक सोमबार मन्त्रिपरिषद्को बैठक बस्दै आएको छ । मन्त्री गुप्ताको ६ महिनाअघिको घुस प्रकरणको अडियो अहिले सार्वजनिक भएको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This