काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। महानगरको १७औँ नगरसभामा मेयर बालेन्द्र शाह (बालेन)ले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षको विकास र सेवाप्रवाहको खाका सार्वजनिक गरे।
बजेटको पूर्ण विवरण भने उपप्रमुख सुनिता डंगोलले सभामा प्रस्तुत गरिन्। उनले २५ अर्व ११ करोड ४३ लाख ४१ हजार रुपैया संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुने गरी कुल २५ अर्व ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेकी हुन् ।
नयाँ आर्थिक वर्षको बजेटले पूर्वाधार विकास, प्रविधिमैत्री सेवा, शिक्षा, स्वास्थ्य र वातावरण सुधारमा प्राथमिकता दिएको महानगरले जनाएको छ।