Logo

मेयर बालेन शाहले बोलाए कार्यपालिका बैठक, बजेटको अन्यौलता हट्ने

मेयर बालेन शाहले बोलाए कार्यपालिका बैठक, बजेटको अन्यौलता हट्ने



काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरको कार्यपालिका बैठक भोलि (शुक्रबार) दिउँसो २ बजेको लागि बोलाएका छन् ।

कार्यपालिका बैठक बस्नुअघि विहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने भएको छ । यसअघि बजेट ल्याउनको लागि उपमेयर सुनिता डंगोलले समेत सहजीकरण गर्दै आएकी छिन् ।

उनले यो बीचमा मेयर शाहसँग पनि सम्वाद बढाएको बुझिएको छ । प्रमुख प्रशासकीय अधिकृतसँग मेयर शाहको सम्बन्ध राम्रो छैन् । त्यहीकारण बजेट ल्याउन ढिलाई भएको हो ।

प्रतिक्रिया दिनुहोस्