Logo

‘कुलिङ पिरियड’मा बाहेक घुसाएपछि बबाल, खतिवडालाइ कारबाही गर्न माग

‘कुलिङ पिरियड’मा बाहेक घुसाएपछि बबाल, खतिवडालाइ कारबाही गर्न माग



काठमाडौं । सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने राज्य ब्यवस्था सभापति रामहरि खतिवडालाई कारबाही गर्नुपर्ने माग उठेको छ ।

राज्य ब्यवस्था समितिमा रोकिएको ‘कुलिङ पिरियड’ संसदमा प्रतिबेदन लैजादा सभापति खतिवडाले घुसाएर पठाएको भन्दै कारबाहीको माग गरिएको हो ।

नेकपा एमालेका सांसद सुर्य थापाले खतिवडालाई कारबाही गर्नु पर्ने माग गरेका हुन् । ‘समितिको प्रतिवेदनमै नरहेको ‘बाहेक’ शब्द छलछाम गरी घुसाउने को हो रु भन्दै थापाले भनेका छन, ‘राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले जिम्मेवारी लिनुपर्छ, यदि यस्तो गरेको तथ्य हो भने यो अत्यन्त गैरजिम्मेवार र जवाफदेहिताबिहीन कार्य क्षमायोग्य हुन सक्दैन।’

उनले अगाडी भनेका छन, ‘कानुन निर्माणमा विधि र प्रक्रियाविपरितको कुशासन नै हावी देखियो, सार्वभौम संसद र जननिर्वाचित सांसदहरूले छलफल र पारित गरेको कानुनमा कसले के कैफियत ग–यो रु यो गंभीर विषयय भएको छ ।’

निजामति सेवा बिधेयकमा कुलिङ पिरियड नराख्ने सहमति समितिमा भए पनि संसदमा पुगेको बिधेयकमा भने कुलिङ पिरियड राखेर पारित भएको रहस्य खुले पछि यतिखेर खतिवडाको आलोचना भइरहेको छ ।

सांसदलाई झुक्काएर ‘कुलिङ पिरियड’ नराख्ने राज्य ब्यवस्था तथा सुशाषन समितिका सभापति रामहरी खतिवडालाई कारबाही गर्नु पर्ने माग तिब्र रूपमा उठिरहेको छ ।

राज्य ब्यवस्था समितिमा सर्वसम्मत रूपमा राखिएकाे २ बर्षे ‘कुलिङ पिरियड’ संसदमा बिधेयक प्रतिबेदन लैजादा सभापति खतिवडाले त्यसलाई हटाएर पठाएको रहस्योदघाटन भएपछि उनी माथी राजिनामा र कारबाहीको माग बढेको हो ।

नेपाली कांग्रेसका सांसदसमेत रहेका खतिवडाले गरेको सो कार्यको यतिखेर सत्ता पक्ष र प्रतिपक्ष दुवैवाट तिब्र आलोचना र आक्रोश ब्यक्त भईरहेका छन् । सोही क्रममा कांग्रेस नेता शेखर कोइरालाले पनि खतिवडाको नाम नलिई आपत्ति जनाएका छन् ।

‘सर्वसम्मतिबाट संसदमा पेस भएको निजामति सेवा विधेयक अनधिकृत रुपमा परिवर्तन गरिनु, गराईनु कुनै सामान्य घटना नभई, देश र जनता प्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान हो,’ उनले भनेका छन, ‘यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदै सम्मको कारवाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजाउँ ।’
उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारवाही अगाडि बढ्नु हुँदैन र बढ्दैन्।’

निजामति सेवा बिधेयकमा ‘कुलिङ पिरियड’ राख्ने सहमति समितिमा भए पनि संसदमा पुगेको बिधेयकमा भने ‘कुलिङ पिरियड’ नराखेर पारित भएको रहस्य खुले पछि यतिखेर खतिवडाको आलोचना भइरहेको छ। खतिवडाले भने प्रतिनिधिसभावाट पास भएको उक्त बिधेयक राष्ट्रियसभावाट सच्चाउने पर्ने तर्क गरिरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांसदलाई झुक्काएर ‘कुलिङ पिरियड’ राख्ने सहमति बिपरित कार्य गरेकाे भन्दै राज्य ब्यवस्था सभापति रामहरी खतिवडाले राजिनामा दिनु पर्ने बताएका छन् । 

राज्य ब्यवस्था समितिमा राखिएकाे ‘कुलिङ पिरियड’ संसदमा सो बिधेयक प्रतिबेदन लैजादाँ सभापति खतिवडाले हटाएर पास समेत गराएको भन्दै सांसद झाले राजिनामा माग गरेका हुन् ।

‘राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाज्यु, निजामती बिधेयकमा, तपाईले सङ्घीय सदनको रोस्टमबाट टेवल गरेको भन्दा फरक कुरा कसरी आयो ?’ झाले प्रश्न गर्दै भनेका छन कि, ‘कि यो सुधार्नुस्, कि आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिनुस्।’

उनले सो बिधेयक पारित गराउने सत्तारूढ र प्रतिपक्ष दलका सांसदहरूलाई पनि सामाजिक सञ्जालवाट ब्यंग्य गरेका छन्, ‘र, पढ्दै नपढेर ‘हुन्छ’ र  ‘हुँदैन’ भन्ने (सांसद) हरूलाई ‘कुरी कुरी’ ।’ 

रास्वपाले भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकको राजिनामा माग गरिरहेको बेला अब राज्य ब्यवस्था सुशाषन समितिका सभापति खतिवडाको राजिनामा माग गर्ने तयारी गरेको बुझिएको छ ।

निजामति सेवा बिधेयकमा ‘कुलिङ पिरियड’ राख्ने सहमति समितिमा भए पनि संसदमा पुगेकाे बिधेयकमा भने ‘कुलिङ पिरियड’ नराखी पारित भएकाे रहस्य खुले पछि यतिखेर खतिवडाकाे अालाेचना भइरहेकाे छ  । 

प्रतिक्रिया दिनुहोस्