Logo

नेपालका लागि दक्षिण अफ्रिकी राजदूत सुकलालद्धारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

नेपालका लागि दक्षिण अफ्रिकी राजदूत सुकलालद्धारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत



काठमाडौँ । नेपालका लागि दक्षिण अफ्रिकी गणतन्त्रात्मक राज्यका राजदूत महामहिम प्राध्यापक अनिल सुकलालले काठमाडौंको शीतल निवासस्थित राष्ट्रपति भवन परिसरमा आयोजित एक औपचारिक समारोहका बिच नेपालका सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेललाई आधिकारिक रूपमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने समारोहमा नेपालका लागी दक्षिण अफ्रिकी राज्यका महामहिम राजदुत सुकलालले दक्षिण अफ्रिकी गणतन्त्रात्मक राज्यको राष्ट्रपतिको तर्फबाट प्राप्त शुभकामना सन्देश व्यक्त गरे ।

समारोहमा नेपालको तर्फबाट दक्षिण अफ्रिकाका लागी नियुक्त मानार्थ वाणिज्यदूत प्रदीप कुमार श्रेष्ठ र दक्षिण अफ्रिकी कूटनीतिक नियोगका प्रथम सचिव पिटरको उपस्थिती रहेको थियो । यस कार्यक्रमले दुई राष्ट्रहरू बीचको बढ्दो कूटनीतिक संलग्नता र आपसी समझदारी लाई प्रकाश पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This