काठमाडौं । चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गको खहरेपुस्थितमा धनगढीबाट काँकडभिट्टातर्फ आउँदै गरेको प्रदेश १–०१–००१ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ गई रहेको बागमती प्रदेश ०३–००१ज २९९ नम्बरको इभी गाडी ठोक्किँदा सात जनाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्।
घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ लगिएको छ। प्रहरीका अनुसार मकवानपुर–३ का सोमप्रसाद रुपाखेती, मकवानपुर हेटौंडा– ५ का मैंया कुमारी न्यौपाने पहाडी र नाम नखुलेको ३ जना महिला, २ पुरुषको मृत्यु भएको हो। शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ।