Logo

संसदमा रास्वपाको अवरोध कायमै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यकम कार्यसूचीबाटै हटाईयो

संसदमा रास्वपाको अवरोध कायमै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यकम कार्यसूचीबाटै हटाईयो



काठमाडौं । शुक्रबार प्रतिनिधिसभा संसदमा सांसदका प्रश्नहरुको जवाफ दिने प्रधानमन्त्रीको कार्यक्रम कार्यसूचीबाट हटाईएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सांसदहरुले आज पनि संसदमा अवरोध जारी राखेपछि यो कार्यक्रम स्थगित भएको हो । सभामुख देवराज घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा सांसदहरु आआफ्नो ठाउँबाट उठेर बैठक अवरुद्ध गरेका हुन् ।
लगत्तै सभामुखले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी गराएका छन् ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको दिन रास्वपाका पुरुष सांसदहरु कालो कपडा र निलो रिबनसहित संसद भवन पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्