Logo

समस्याग्रस्त सहकारीका सञ्चालक र पदाधिकारीको सम्पत्ति र राहदानी रोक्का, पीडितको रकम फिर्ता गर्न चक्रीय कोष

समस्याग्रस्त सहकारीका सञ्चालक र पदाधिकारीको सम्पत्ति र राहदानी रोक्का, पीडितको रकम फिर्ता गर्न चक्रीय कोष



काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी, कर्जा अपचलनकर्ताहरूको सम्पत्ति र राहदानी रोक्का गर्ने भएको छ ।

साथै सहकारी ऋण असुली स्थपना गरिने सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको छ । ‘समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी,कर्जा अपचलनकर्ताहरूको सम्पत्ति र राहदानी रोक्का गरिनेछ’, अर्थमन्त्री विष्णु पौडेलले संसदमा बाचन गरेको बजेट वक्तव्यमा भनेका छन् ।

यस्तै सरकारले सहकारी पीडितको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट भाषणका क्रममा कोष स्थापना गर्ने र त्यसको लागि सरकारले विउ पुँजी विनियोजन गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्