काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटका सात प्राथमिकता रहेका उल्लेख गरेका छन् ।आर्थिक वर्ष २०८२/८३० वाचन गर्दै अर्थमन्त्री पौडेलले बजेटका सात प्राथमिकता रहेको उल्लेख गरे ।
उद्यमशीलता, रोजगारी, उत्पादन र उत्पादकत्वको अभिवृद्धि, प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार, सामाजिक क्षेत्रमा गुणात्मक सुधार, सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता र नागरिकमैत्री सेवा तथा भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार आगामी बजेटको प्राथमिकता रहेको उनले बताए ।